Logo

भियतनाममा दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित



हनोई, ४ चैत (सिन्ह्वा) । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

तीमध्ये एक लाख ६३ हजार १६५ आन्तरिकरूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन् । नयाँ सङ्क्रमितको देशभरका ६२ ठाउँका रहेका छन् । कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ ।

नयाँ सङ्क्रमितमध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन् । त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । तीमध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमितमध्ये ३८ लाख ६१ हजार ९५९ भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभरी खोप अभियान तीव्ररुपमा चलाइएको र महामारी न्यूनिकरणका अन्य उपायसमेत अपनाइएको भएपनि सङ्क्रमितको सङ्ख्या भने तीव्ररुपमा बढिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्