Logo

आफैँले ढालेको रुखले किच्दा ताप्लेजुङमा एक जनाको मृत्यु



ताप्लेजुङ, ५ चैत । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा शुक्रबार रुखले किचेर एकजनाको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो ।

रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् । रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङमा भएको छ ।

प्रतिक्रिया दिनुहोस्