Logo

आउँदाे निर्वाचनमा कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ: ओली



काठमाडौँ, ५ चैत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दाबी गरेका थिए ।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क थियो । अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय चुनावमा आफूहरुले जोगाइदिएको र माधव नेपालहरु अवको चुनाव पछि समाप्त हुने बताए ।

‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछु उनले भने, ‘त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन । बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होइन रु कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरु पनि।’

प्रतिक्रिया दिनुहोस्