Logo

ओलीलाई नायक बनाउन खोज्दा परिवर्तन उल्ट्याउनतिर लागे: प्रचण्ड



सिन्धुली, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नायक बनाउन खोज्दा खलनायक निस्किएको टिप्पणी गरेका छन् ।

सिन्धुलीमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय जिल्ला अधिवेशन उद्घाटनका क्रममा प्रचण्डले भने, ‘जनयुद्ध र जनआन्दोलनको उपलब्धिले नै संघीय लोकतान्त्रिक गणतन्त्र आयो । अहिले निजामती कर्मचारीसम्बन्धी ऐन र कर्मचारी समायोजना लगायतको विषयमा कहीँ न कहीँ सरकारको नेतृत्व गर्ने शक्ति परिवर्तनको वास्तविक उद्देश्य र मर्म बुझ्न नसक्नुमा अन्तरनिहित छ ।’

परिवर्तन ल्याउन लड्ने माओवादीलाई जति सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अरूलाई मन नपरेको उनको भनाइ छ ।

प्रचण्डले भने, ‘समानुपातिक संविधान र तीन तहको सरकारको परिकल्पना संविधानले गरेको छ। तीन तहको सरकारबारे राजनीति वृत्तमा चर्चा छ। स्थानीय तहलाई पनि सरकारकै रूपमा आत्मसाथ गराउने पहल गरिरहेका छौँ। कतिपयले पहिलाको जस्तो सामान्य स्थानीय तह जस्तै हो भनिरहेका छन्। त्यसैले अहिले पनि त्यो समस्या समाधान भइसकेको छैन ।’

नेकपा हुँदा प्रधानमन्त्री ओलीलाई नेकपा अध्यक्षको हैसियतले स्थानीय तहको समस्या समाधानको लागि पटक-पटक आग्रह गर्दासमेत बेवास्ता गरेको आरोप लगाए ।

प्रचण्डले भने, ‘मैले त्यतिबेलाका प्रधानमन्त्रीलाई केपी ओलीलाई धेरै भनेँ । तर, भनेको भन्यै गर्दा पनि गरेनन्। मैले त नायक बनाउन खोजेको थिएँ, खलनायक भए। हुँदा हुँदै संविधान नै उल्ट्याउन खोजे । हामी सडक आन्दोलनमा गएको तपाईंलाई थाहै छ ।’

प्रतिक्रिया दिनुहोस्