Logo

मुलुकलाई निकास दिन गठबन्धन सरकार: प्रकाशमान



काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-१० ले शनिबार आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमससिी’ विषयक प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका हुन् ।

“केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो,” उनले भने । गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको उनको भनाइ थियो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले आउँदो वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिइने बताए । उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई संकट पर्दा निकास दिँदै आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्