Logo

माओवादीकै कारण देशमा परिवर्तन सम्भव भयो: प्रचण्ड



सिन्धुली, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा आएको परिवर्तन माओवादीकै कारण सम्भव रहेको सन्देश लिएर गाउँ जान नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सिन्धुली जिल्ला पार्टी कार्यालयको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले संविधान निर्माण, संघीयता, पछि पारिएका वर्गलाई अधिकार दिने लगायतका सबै परिर्वतन माओवादीका कारण मात्रै सम्भव भएको संदेश लिएर चुनावको लागि गाउँरसहरमा खटिन निर्देशन दिए ।

आफूहरुले प्रतिनिधिसभाको पहिलो विघटन असफल पारेपछि नेता/कार्यकर्ता आरामले बस्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि विघटन गरेर संविधान नै मास्न खोजेको प्रचण्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्