Logo

सिगो देश उज्याले बनाउने सुर्य हामीसँग छ: केपी ओली



इलाम, ६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई एउटै कुच्चाले बडार्ने चेतावनी दिएका छन् ।

आइतबार इलामको फिकलमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय निर्वाचनमा आफुहरु एक्लैले लड्ने र जित्ने बताए ।

अध्यक्ष ओलीले सुर्यलाई जित हासिल गर्न जुनकरीहरुको जस्तो पिलपिले मोर्चाबन्दी आवश्यक नरहेको बताए । अध्यक्ष् ओलीले भने, ‘सिगो देश उज्याले बनाउने सुर्य हामीसँग छ, जुनकिरी जस्तो पिलपिले मोर्चाबन्दी कसैसँग गर्न आवश्यक छैन ।’

एमाले जनताको पार्टी रहेको भन्दै अध्यक्ष ओलीले एमालेलाई कसैले पनि ढाल्न नसक्ने बताए । ‘एमाले जनताको बीचमा छ, कसैले ढाल्न सक्दैन,’ उनको भनाई थियो । अध्यक्ष ओलीले देश विकासमा एमाले नै नेतृत्वकर्ता भएको बताउदै इलामको विग्रिएको बाटो चाँडै राजमार्ग सरह व्यवस्थित गरिने बताए ।

इलामको नगदे बालीमा केही समस्या देखिएको भन्दै अध्यक्ष ओलीले संरक्षण र बजारिकरणमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्