Logo

एमालेका पूर्व केन्द्रीय सदस्य एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य



काठमाडौँ, ६ चैत । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो सदस्य भएका छन् । समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको आइतबार जारी अपानी (अन्तर पार्टी निर्देशन)मा उल्लेख छ ।

चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा ओली समूह बिरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवार बनेर सर्वाधिक मत ल्याएका काफ्ले समाजवादीको पोलिटव्युरो सदस्य बनेका छन् । काफ्ले सिपी मैनालीले नेतृत्व गरेको नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियुको पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनले माले परित्याग गरि एमाले भएका थिए ।

पाँचथरमा स्थायी बासिन्दा काफ्ले सात वर्ष एमालेको केन्द्रीय सदस्य र ताप्लेजुंगको इन्चार्ज रहेका थिए । चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित काफ्ले एमालेको सल्लाहकार परिषद्को सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्