Logo

प्रधानमन्त्री देउवाले भने, ‘तोकिएको मितिमै निर्वाचन हुन्छ’



विराटनगर , ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानिय तहको निर्वाचन तोकिएको मितिमै हुने बताएका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।

देश अहिले निर्वाचनको संघारमा रहेको भन्दै उनले स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कुरामा सबै लाग्नुपर्ने बताए ।

‘निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने हो, निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छोड्ने प्रतिबद्धता जाहेर गरेको छ,’ देउवाले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन ।’

प्रधानमन्त्री देउवाले सुन्दरहरैंचा नगरको नगर अस्पताल पनि उद्घाटन गरेका छन् । नवनिर्मित अस्पताल ३५ शैया क्षमताको छ ।

प्रतिक्रिया दिनुहोस्