Logo

शेयर बजार १८ अङ्कले बढ्यो



काठमाडौँ, ७ चैत । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से सोमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक, बीमा, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ३१ वटा कम्पनीको ५१ लाख ८९ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को २० करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनटीसीको शेयर झन्डै तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्