Logo

मन्त्रिपरिषद हेरफेरको सम्भावना छ: प्रचण्ड



जनकपुर, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन् ।

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको बताए ।

‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ । केही मन्त्रालय हेरफेरको सम्भावना छ ।’

उनले केही नयाँ मन्त्री आउन सक्ने बताए ।

‘केही केही आउने सम्भावना छ । मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ । जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्