Logo

शहीद परिवारलाई मासिक भत्ता उपलब्ध गराउन प्रधानमन्त्रीकाे ध्यानाकर्षण



काठमाडौँ, ८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी युद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण कार्यविधि संशोधन हुनुपर्ने, छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सूचीकृत गर्ने, उनीहरुलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् ।

वीर अस्पतालमा उपचाररत जनयुद्धका घाइते भक्त रानालाई भेटेपछि प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेर निःशुल्क र सहज उपचारको प्रबन्धका लागि ध्यानाकर्षण गराएका उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्