Logo

अध्यक्ष ज्यूको ऊर्जाले एमालेमा प्रवेश गर्न प्रेरित भएँ: मानन्धर



काठमाडौँ, ८ चैत । अभिनेत्री करिष्मा मानन्धरले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाले आफू एमालेमा प्रवेश गर्न प्रेरित भएको बताएकी छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत एमाले प्रवेश गर्दै उनले जनतालाई भिजन देखाउने र भविष्य सुनिश्चित गर्ने ओली मात्र भएको जिकिर गरिन् ।

“अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, उहाँ जनतालाई भिजन देखाउने मानिस हो । जनताको भविष्य सुनिश्चित गर्ने क्षमता केपी ओलीमा पाउँछु,” उनले भनिन्, “उहाँको इनर्जी देखेर म प्रेरित भएको छु । अर्को पार्टीको मान्छेले पनि उहाँको गुणगान गाएको हुन्छ ।”

करिष्माले देश परिवर्तन गर्ने एजेन्डा पार्टीले बोकेको भन्दै समानता र सामाजिक न्यायसहित समाजवादको बाटोमा हिँड्ने पार्टी एमाले मात्र भएको जिकिर पनि गरिन् । महिला तथा पिछडिएका वर्गको उत्थान गर्ने पार्टीको नीति भएकाले पनि एमाले प्रवेश गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्