Logo

एमाले प्रवेश गर्नेले पछुताउनु पर्दैन: ओली



काठमाडौँ, ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरुले पछुताउनुनपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरुले पछुताउनुनपर्ने बताएका हुन् ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भने ।

उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस्’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्