Logo

वर्षाले हटाइन् बिकिनी तस्वीर



 

काठमाडौँ, ८ चैत । अभिनेत्री वर्षा शिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर डिलिट गरेकी छिन् । वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।

तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै भयो । कतिले त्यसमा भद्दा कमेन्टसमेत गरे, धेरैले तथानाम भने । यी तस्बिरमा धेरैले उनको र राज कट्वालबीचको सम्बन्धको कुरासमेत झिके ।

यस्ता नकारात्मक कमेन्टको बाढी आएको उनको बिकिनी तस्बिरसहितको पोस्टलाई वर्षाले अन्ततः डिलिट गरेकी छिन् । वर्षाले फेसबुक र इन्स्टाग्राम दुबैबाट यी सबै तस्बिर हटाइदिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्