Logo

संस्कृत विद्यालयमा पोशाक बितरण



बिर्तामोड, ९ चैत । बिर्तामोड नगरपालिकाले दुई वटा संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरेको छ ।

नगर प्रमुख ध्रुव सिवाकोटीले वडा नम्बर २ को साङ्गवेद विद्या आश्रमका ३१ जना र वडा नं.६ को हरिहर आश्रमका २९ जना विद्यार्थीलाई मंगलबार कमिज सुरुवाल वितरण गरेका छन् ।

बिर्तामोड नगरपालिकाले यस अघि १७ वटा सामुदायिक विद्यालयका तीन हजार ४ सय ६१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि नगरपालिकाले पोशाक वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्