Logo

योगले मानवलाई तन्दुरुस्त बनाउँछ: पौडेल



 

तनहुँ, ९ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पु¥याउने बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उनले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्ने बताए ।

उनले भने, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्