Logo

एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौँ, ९ चैत । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा तेस्रो केन्द्रीय कमिटीको बैठक सुरु भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आजदेखि सुरु भएको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका विषयमा छलफल हुनेछ।

बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्