Logo

ओली सरकार चलाउन असफल भए: कानून मन्त्री बडू



काठमाडौँ, ९ चैत । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्र प्रसाद बडूले नेकपा एमाले सरकार संविधान भन्दा बाहिर गएर सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनु परेको बताएका छन् ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औँ वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्व प्रधानमन्त्री ओली सरकार चलाउन असफल भएको बताए । देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले बाहिरिनु परेको बताए ।

मन्त्री डुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए । संविधानको व्यवस्था र मर्म विपरीत जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री डुले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री डुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रसारणको लक्ष्य बन्नुपर्ने बताएका छन् । रेडियो प्रसारणले सामाजिक रूपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने बताए । २०६२/६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडूलेसरकार सामुदायिक रेडियोहरूको विकासका लागि सधैँ सकारात्मक र प्रतिबद्ध रहेको पनि बताए । उनले रेडियोहरूको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत् महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्