Logo

मन्त्री आलेको निमन्त्रणा सलमान खानद्वारा स्वीकार



काठमाडौँ, ९ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिएका छन् ।

ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिएका थिए ।

उक्त संवादका क्रममा मन्त्री आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आफूले निमन्त्रणा दिएको बताएका थिए । उनले भने, “सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाइयात्रा गर्नका लागि म निमन्त्रणा गर्दछु ।”

सोही संवादका क्रममा मन्त्री आलेले नेपालमा तपाईंका धेरै प्रशंसक रहेका र नेपालमा आएर यहाँका विभिन्न पर्यटकीय क्षेत्रमा टिभी सो सुटिङ गर्न पनि खानलाई आग्रह गरेका थिए । पछिल्लो समय नेपालमा कोभिड-१९ को सङ्क्रमण करिबकरिब शून्य जस्तै बनेकाले नेपाल अहिले खुला भएकोसमेत जानकारी गराए ।

मन्त्री आलेले दिएको निमन्त्रणा स्वीकार गर्दै भारतीय अभिनेता खानले आफू नेपाल आउने र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने बताए ।

उनले भने, “म केही समयमा नेपाल आउँछु, तपाईंले दिनु भएको निमन्त्रणाअनुसार सगरमाथा आरोहण गर्नेछु र भ्रमण गर्नेछु ।” यसैगरी अभिनेता खानले मन्त्री आलेको यो प्रस्तावलाई सकारात्मकरूपमा लिँदै नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने वचनबद्धता दिए

प्रतिक्रिया दिनुहोस्