Logo

केन्द्रीय कमिटी बैठक: आज निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने



काठमाडौँ, १० चैत । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ ।

घोषणा पत्रमा पार्टीले समावेश गर्ने एजेन्डाको विषयमा छलफल हुने कार्यसूची रहेको केन्द्रीय कमिटी सदस्य पेम्बा लामाले जनाकारी दिए । आजको बैठकमा निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने उनले बताए ।

यस्तै, आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि केही समय छलफल हुने भएको छ ।

बुधवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थियो । प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ भने बुधवार नै सकिएको छ ।

एमालेले ९ वैशाखमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । घोषणापत्र भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले संयोजक रहेको नीति अनुसन्धान प्रतिष्ठान र स्थानीय तह परिचालन विभागले बनाउने छ ।

जसमा सदस्यहरू युवराज ज्ञवाली, संयोजक (स्थानीय तह), प्रदीप ज्ञवाली, प्रमुख (पार्टी स्कुल विभाग), विष्णु रिमाल, प्रमुख (निर्वाचन विभाग), देवेन्द्र दाहाल, प्रमुख (स्थानीय विकास विभाग), प्रभु साह, सह इन्चार्ज (मधेस प्रदेश), मनोजजंग थापा, इन्चार्ज (बुद्धिजीवी परिषद्), डा।युवराज खतिवडा, सदस्य (नीति अनुसन्धान प्रतिष्ठान), प्रभा बराल, उपप्रमुख (स्थानीय विकास विभाग), डा.दिनेशचन्द्र देवकोटा, अध्यक्ष (नेपाल बुद्धिजीवी परिषद्), ई.सुशील ज्ञवाली, (विज्ञ) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्