Logo

महराका स्वकीय सचिव एमालेमा प्रवेश



काठमाडौँ, १० चैत । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

माओवादी त्याग गरेका शर्मालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । उनीसँगै उनकी श्रीमती सीता चौधरी पनि एमालेमा प्रवेश गरेकी छन् ।

शर्माले सोमबार गरिएको दाङ जिल्लाको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको समाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्