Logo

राष्ट्रिय उपाध्यक्ष साँवाद्वारा चारआली जेसिजको भ्रमण



मेचीनगर, १० चैत । नेपाल जेसिजका वर्ष २०२२ का निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवाले आफ्नो शाखा भ्रमणका क्रममा बिहीबार चारआली जेसिजको भ्रमण सम्पन्न गरेका छन् ।

चारआली जेसिज वर्ष २०२२ का अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको कार्यक्रममा चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, वर्ष २०१६ का अध्यक्ष तिर्थ घिमिरे, बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा चारआली जेसिजका अध्यक्ष बेघाले वर्ष २०२२ मा जिम्मेबार पाएदेखि हालसम्म गरेका कार्यक्रमका बारेमा जानकारी गराउनुका साथसाथै आगामी योजनाका बारेमा बताएका थिए ।

सो अवसरमा चारआली जेसिजका महासचिव सुजुप सुवेदी, कोषाध्यक्ष कुमार तामाङ तथा उपाध्यक्षहरु नेत्रप्रसाद मिश्र, दिपक राई र विवेक सुन्दासले आ-आफना संयोजकत्वमा भएका कार्यक्रम तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

चारआली जेसिजका तालिम संयोजक भुपेन्द्र प्याकुरेलले आस्था वाचन गरेका थिए भने कार्यक्रम संयोजक दिपक राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष विवेक सुन्दासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्