Logo

प्रदेश-१ कांग्रेस प्रमुख सचेतकमा राई



विराटनगर, १० चैत । नेपाली कांग्रेस प्रदेश-१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् ।

संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए । यसअघि प्रमुख सचेतक रहेका केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि सो पद रिक्त थियो ।

प्रतिक्रिया दिनुहोस्