Logo

मन्त्री आले भारत प्रस्थान



काठमाडौँ, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिए ।

शुक्रबार उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्