Logo

हाम्रो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिए: माधव नेपाल



काठमाडौँ, ११ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढ्दा विरोधीहरु आत्तिएको बताएका छन् । शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हाम्रो पार्टीप्रति बढेको आकर्षण देखेर विरोधीहरु आत्तिएका छन्, मानसिक सन्तुलन गमाउन पुगेका छन्, आत्तिएर मन्त्री प्रेम आले र किसनकुमार श्रेष्ठ बालकोट पुगेको भनेर प्रचार गरे । हुँदै नभएको कुरामा हल्ला मच्चाउने गरेका छन् ती कुनै प्रचारमा सत्यता छैनन्’, अध्यक्ष नेपालको भनाइ छ । उनले एमाले परित्याग गर्ने लहर चलेको भन्दै देशभक्त पार्टीमा प्रवेश गर्ने महाअभियान सुरु भएको बताए ।

उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गरेको पार्टी भएकाले निरंकुशताको विरोध र क्रान्तिकारी अडानमा उभिएकोले एमाले र आफ्नो पार्टीको भिन्नता नै त्यसैमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्