Logo

चितवनमा कांग्रेसले माओवादीलाई भोट नदिने: केन्द्रीय सदस्य गुरुङ



चितवन, १३ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको उनले बताए ।

विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नुपर्ने चिवनका कांग्रेस कार्यकर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले बताए ।

नेता गुरुङले भने, ‘अब पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन् । आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उनले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने बताए ।

 

प्रतिक्रिया दिनुहोस्