Logo

आमिर खानले बलिउड छोड्ने निर्णय आखिर किन गरेका थिए?



दिल्ली, १३ चैत । बलिउड अभिनेता आमिर खानले केही वर्षअघि फिल्म उद्योगबाट सन्यास लिने निर्णय लिएका थिए । त्यसबेला आफूले कुनै पनि फिल्ममा अभिनय नगर्ने र निर्माण पनि नगर्ने निर्णय लिएको एक भारतीय टेलिभिजनको कार्यक्रममा खुलासा गरेका छन् ।

आमिरले भने, ‘मलाई लाग्यो कि, म कहीं न कहीं स्वार्थी बनिरहेको छु, म आफ्नै बारेमा मात्रै सोचिरहेको छु । बच्चा र परिवारको जिम्मेवारी राम्रोसँग निभाउन पाइरहेको छैन । जुन गहिराइमा पुगेर परिवारको जिम्मेवारी लिन चाहन्थें, त्यो सकिरहेको छैन । त्यसैले मैले फिल्ममा काम नगर्ने घोषणा गरेको थिएँ ।’

उक्त कार्यक्रममा आमिरले आफ्नो त्यो निर्णयलाई सार्वजनिक भने नगरेको बताए । यसो गर्दा मार्केटिङको तरीका भन्न सक्ने आरोप आउन सक्ने भईरहेको उनको भनाइ छ ।

आमिरले आफ्नो यस्तो निर्णयको विषयमा थाहा भएपछि बच्चा र श्रीमती किरण राव (हाल सम्बन्ध विच्छेद भइसकेको)ले सम्झाएको पनि बताएका छन् ।

उनले भने, ‘बच्चाले मलाई सम्झाए कि तपाईं एकदमै राम्रो व्यक्ति हो, आफ्नो जीवनलाई सन्तुलनमा राख्नुपर्छ । किरणले पनि सिनेमा तपाईंभित्र छ भन्दै मलाई सम्झाइन् ।’ त्यसपछि आफू उक्त निर्णयबाट पछि हटेको आमिरले बताए ।

प्रतिक्रिया दिनुहोस्