Logo

बिना अनुमति नेपाल पस्‍न खोजेको भारतीय स्काभेटरको चाबी खोसियो



दार्चुला, १३ चैत । दार्चुलामा सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ ।

जिल्लाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटर नेपालतर्फ आएपछि प्रहरीले चाबी खोसेको हो ।

नेपालसँग समन्वय नै नगरी नेपाली भूमि दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ। भारतीय पक्षले समन्वय नगरेरै महाकालीमा तटबन्ध निर्माण गरिरहेको स्थानीयले बताएका छन् ।

उक्त तटबन्धको उनीहरुले विरोध गर्दै आइरहेका छन् । तर, सरकारले भने यस विषयमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्