Logo

शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार: जेलेन्स्की



युक्रेन, १४ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन् ।

एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका लागि आफूहरु तयार रहेको भन्दै धेरै कुरामा सम्झौता गर्न सकिने बताएका छन् । रुसी भाषामा दिएको ९० मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका कुरामा दृढ रहेको उल्लेख गरेका छन्।

युक्रेन र रुसबीचयसै साता टर्कीमा दोस्रो चरणको वार्ता हुँदैछ । यो वार्तापछि शान्ति स्थापनाका लागि तेस्रो पक्षले सुनिश्चितता गरि दिनुपर्ने र तयारीका लागि आफूलाई समय दिनुपर्ने जेलेन्स्कीको भनाइ छ ।

उनले यसअघि पनि रुससँग शान्तिवार्ताका लागि प्रस्ताव गर्दै आएका छन् । रुसले युक्रेनमा रुसी भाषाको संरक्षण तथा युक्रेनलाई निःशस्त्रीकरणलगायतका माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्