Logo

‘मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नुपर्छ’



मोरङ, १४ चैत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएका जनप्रतिनिधिले स्वास्थ्य, शिक्षा, बालमृत्यु, मातृ मृत्युदर घटाउने कार्यमा समाजमा जनचेतना जागृत गराउनुपर्नेमा जोड दिए ।

उनले विश्व मञ्चमा नेपालले कोभिड रोकथाम, नियन्त्रण र खोप कार्यको प्रशंसनीय चर्चा भएको जनाउँदै वर्तमान अवस्थामा जोखिम अन्त्य भए पनि जनताको स्वास्थ्य सुरक्षाका क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको चर्चा गरेका छन् ।

अध्यक्ष तिमिल्सिनाले जनतालाई बिरामी पर्नबाट जोगाउन जनप्रतिधिले आहारविहार, संस्कारमा परिवर्तन गरी जनजागरण अभियान सञ्चालन गर्न आग्रह गरे ।

उनले विकास र समृद्धि कायम गर्ने चाहना पूरा गर्न दोहरिने जनप्रतिनिधिले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिँदै पार्टीहरुले क्षमताका आधारमा उम्मेदार छान्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्