Logo

जिल्ला ट्राफिक कार्यालय झापाको नयाँ भवन उद्घाटन



बिर्तामोड, १४ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा सोमबारदेखि नयाँ भवनमा सरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनी छेउमा बनेको नयाँ भवनमा झापाको ट्राफिक प्रहरी कार्यालयमा सरेको हो ।

सोमबार प्रदेश १ का आन्तरिक मामिला मन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका छन् । लामो समयदेखि साँघुरो भवनमा रहेको ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि सुविधायुक्त नयाँ भवनमा सरेको हो ।

उक्त भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेदेखि ट्राफिक प्रहरीलाई विगतदेखि नै सहयोग गर्ने मानिसहरूलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्