Logo

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो



काठमाडौँ, १४ चैत । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ ।

आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३१ कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड ५३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्तको २२ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्