Logo

आचारसंहितामा विगतको तुलनामा कडाइ



काठमाडौँ, १५ चैत । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको लागि तयार गरेको निर्वाचन आचारसंहितामा विगतको तुलनामा कडाइ गरिएको पाइएको छ । आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम गर्नका लागि सामाजिक सञ्जालको प्रयोगका सन्दर्भमा आयोगले आचारसंहितामा कडाइ गरेको बताए ।

उनले आचारसंहिता पालना भए नभएको निगरानी गर्न ७ सय ५३ वटै स्थानीय तहमा राजनीतिक दलका प्रतिनिधिहरू, निर्वाचन अधिकृत, नेपाल प्रहरीका प्रतिनिधिलगायतको संयन्त्र निर्माण गरिने जानकारी पनि दिए । उनले भने, सबै दलका प्रतिनिधि भएपछि आचारसंहिता उल्लङ्घन भएको देख्ने र त्यसलाई एकले अर्कोलाई खबरदारी गर्ने हामीले विश्वास लिएका छौँ ।

निर्वाचन आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सरकार मातहतका निकाय, संवैधानिक निकाय, उम्मेदवार, राजनीतिक दल, सञ्चारमाध्यम, सार्वजनिक संगठन, पर्यवेक्षकलाई मात्र होइन, गैरसरकारी तथा निजी संस्था र दातृ निकायलाई पनि लागु हुनेछ । राजपत्रमा प्रकाशित गरिसकेको आचारसंहितामा ४८ दफा रहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्