Logo

कोभिडको राहत रकम हिनामिना



पर्सा, १६ चैत । पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयबाट मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कागजात नियन्त्रणमा लिएको छ । अनुदानको रकम हिनामिना गरेको विषयमा सम्बन्धित फाँटका कर्मचारीसँग सोधपुछ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बताए ।

कोभिड प्रभावित विपन्न परिवारका लागि राहत बाँड्न केन्द्र सरकारले रकम पठाएको थियो। त्यसबारे बुझ्न अख्तियारको क्षेत्रीय कार्यालयबाट मंगलबार प्रहरी नायव उपरीक्षक गणेश बरालको नेतृत्व टोली खटिएको हो । उक्त टोली अनुदान दुरुपयोगसम्बन्धी कागजात र फाइल नियन्त्रणमा लिएर साँझ फर्किएको सूचना अधिकारी सापकोटाले बताए। प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा बिदामा बसेको जानकारी पाएपछि शिक्षा, स्वास्थ्य र लेखा शाखाका प्रमुखहरूसँग सोधपुछ गरिएको उनको भनाइ छ।

गाउँपालिकाबाट रकम वितरण गरिएको भनेर तयार पारिएको बिल भर्पाई, भौचरका साथै अन्य कागजात र फाइल नियन्त्रणमा लिएर आएको उनले बताए। भने, ‘अब यी सबै कागजातबारे अनुसन्धान हुन्छ । त्यसपछि आवश्यकताअनुसार प्रक्रिया अघि बढाइन्छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्