Logo

बिर्तामोडमा अवरुद्ध राजमार्ग खुल्यो



बिर्तामोड, १७ चैत । वार्ता गर्ने सहमतिपछि बिर्तामोडका व्यवसायीले अवरुद्ध गरेको यातायात खुलाइएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार प्रमुख जिल्ला अधिकारीले वार्ताको सहमति जनाएपछि अवरुद्ध गरिएको यातायात सञ्चालन भएको जनाएका छन् ।

आज झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको शाह कपडा पसलमा आन्तरिक राजश्व कार्यालय इटहरीले अनुगमनका क्रममा शिल गरेपछि स्थानीय व्यवसायीले यातायात अवरुद्ध गरेका थिए ।

शिल गरेको सूचना पाएपछि व्यवसायीका प्रतिनिधि सो कपडा पसल पुग्दा राजश्वका कर्मचारी हिडिसकेका थिए । शिल गरेको आक्रोसमा व्यवसायी सडकमै उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्