Logo

शनिवारदेखि प्रदूषण कम हुँदै जाने



काठमाडौँ, १७ चैत । शनिवारदेखि बिस्तारै प्रदूषण कम हुँदै जाने मौसमविद्ले बताएका छन् ।

शनिबार बेलुकातिर ठूलै पानी पर्ने सम्भावना भएकाले पर्सिदेखि प्रदूषण कम हुँदै जाने मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

उनका अनुसार धेरै ठूलो पानी नपरे पनि प्रदूषण हट्ने गरी पानी पर्ने सम्भावना छ । पानी कति ठूलो पर्छ र बढी कुन क्षेत्रमा पर्छ भन्नेबारे भने शुक्रवार बेलुकातिरमात्रै भन्न सकिने उनले बताए ।

नेपालमा केही दिनयता मौसम धुम्मिएर प्रदूषण बढेको छ । स्थानीय वायुको प्रभावका कारण बेलुकातिर सामान्य हावाहुरी र पानी पर्ने गरेको भए पनि प्रदूषण हट्ने गरी पानी परेको छैन ।

प्रतिक्रिया दिनुहोस्