Logo

आसन्न स्थानीय निर्वाचनमा महिलाका सवाल विषयक तालिम सम्पन्न



झापा, १७ चैत । आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुई दिने खोजमूलक पत्रकारिता तालिम सम्पन्न भएको छ ।

नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा बुधबारबाट सुरु भएको तालिममा ३० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

नारी सञ्चार गृह झापाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा भएको तालिमको सहजीकरण बबिता बस्नेतले गरेकी थिइन् ।

तालिममा बस्नेतले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता, भूमिका, सहभागिताका सवालहरु, मिडियाको भूमिका, अर्थपूर्ण सहभागिताका सवालहरु लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

उक्त अवसरमा रिता दाहाल र पुष्प खड्काले आ-आफना सिकाई अनुभवहरु राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्