Logo

‘मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो’



काठमाडौँ, १७ चैत । अभिनेत्री करिस्मा मानन्धर हालै एमाले प्रवेश गरेकी हुन् । एमाले प्रवेश गरेदेखि उनी लगातार चर्चाको बिषय बनिरहेकी छन् ।

उनको चर्चाको बिषय एमाले प्रवेशदेखि यस अगाडिको राजनीतिक पार्टीसँगको आबद्धता रहने गरेको छ । अहिले भने उनी आफ्नो न्वारनको नामबाट चर्चामा रहेकी छन् । केही दिन अगाडि एमालेको कपिलवस्तुको कार्यक्रममा बोल्दै करिश्माले आफ्नो न्वारनको नाम सुर्जेकुमारी भएको बताइन् । आफू एमाले प्रवेश प्रशंगमा उनले न्वारनको नाम जोडेकी थिइन् ।

सोही अभिव्यक्ति अहिले उनलाई गाहे भइरहेको छ । उनी उक्त कारण गसिपदेखि सामाजिक संजालमा समेत छाइरहेकी छन् । आफ्ना बारेमा मिडियादेखि सामाजिक संजालसम्म हुने गरेको टिप्पणीलाई उनले सामाजिक संजाल मार्फत जवाफ फर्काएकी छन् । उनले लेखकी छन् ‘सुर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो । भिटामिन डि प्राप्त भयो । राम्रो हो ।’

प्रतिक्रिया दिनुहोस्