Logo

प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा



नयाँ दिल्ली, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि भारत पुगेका छन् ।

चार मन्त्रीसहित ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि नयाँ दिल्ली पुगेको हुन् ।

देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवासहितको भ्रमण टोली नेपाल वायु सेवा निगम(नेपाल एअरलाइन्स)को विमानमार्फत भारत गएको हो ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्