Logo

‘निर्वाचनको मुखमा प्रधानमन्त्री भारत जानुकाे केही अर्थ छ, आएपछि साेध्छु’



काठमाडौँ, १८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् ।

शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले निर्वाचनको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उनलाई सोध्ने बताएका छन् ।

अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिएका थिए । उनले कांग्रेसले सधैँ लोकतन्त्र विरोधी र राष्ट्रियता विरोधीसँग घाँटी जोड्ने गरेको आरोपसमेत लगाए ।

यस्तै कार्यक्रममा ओलीले आफूले दैनिक चार वटा कार्यक्रम भ्याउने गरेको बताउँदै युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । एमालेलाई बलियो बनाउन युवाको नै हात रहेको उनको भनाइ छ । एमालेको हरुवा बानी नभएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्