Logo

चार दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन



काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसले यही चैत २२ गते अर्थात् चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

कांग्रेसले ७७ वटै जिल्लामार्फत सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो ।

स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र मेयर, उपमेयरका उमेदवारको नाम आउँदो मङ्गलवारभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको नेपाली कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

कांग्रेसले पर्सि २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्