Logo

आज २०७८ चैत १९ गतेको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । धन, मान र प्रतिष्ठामा विकार भएको परिस्थिति छ, अतस् जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै दायित्व र जिम्मेवारीप्रति हेलचक्र्याइँ गर्नुहुँदैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कार्यक्षेत्र र लवलाइफ दुबै क्षेत्रमा सफलता र आनन्द पाउने समय छ । पार्टनरलाई कुनै उपहार दिएमा आपसी सम्बन्ध र विश्वासमा अझ प्रगाढता छाउने छ । दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

नयाँ लगानी गर्नुहुँदैन, त्यस्तै सामुन्ने देखिएका विवाद र समस्यालाई सकेसम्म चाँडो समाधान गर्नुपर्ने दिन हो । नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्न सक्छ । पारिवारिक वातावरण रमाइलो नै देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

इच्छा पूरा हुने दिन हो । हरेक कामधन्दा र व्यवहारमा सरलताको अनुभूति हुनेछ । जीवनसाथीलाई फकाएर कुनै काम निकाल्नु छ भने प्रयास गर्ने समय हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतस् टुप्पी कसेर मिहिनेत गर्ने समय छ, लापरवाही नगर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी समन्वय भताभुंग हुने डर हुन्छ । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । व्यर्थका काममा अल्मलिनु पर्नेछ । आज व्यक्तिगत स्वास्थ्यप्रति सचेत हुनुपर्छ साथै मुखलाई पनि कन्ट्रोलमा राख्नु राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अध्ययनका विषयवस्तुप्रति गम्भीर बन्ने समय आएको छ । पढाइमा लगाव बढाउनुहोस्, सोचेको रिजल्ट पाउन सकिने छ । परीक्षा वा अन्तर्वाता छ भने सफलता मिल्नेछ, प्रतियोगीरप्रतिस्पर्द्धीमाथि हाबी हुने समय हो । भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि अहिले बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नु बेस हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सुरुमा मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । चिताएका काम बन्नेछन्, तर पनि एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । कार्यालयीय काम सजिलै सम्पन्न हुने र सन्तुष्टि लिन सकिने दिन हो, तर आज घरपरिवार वा आफन्तको भावनालाई समेट्न सकेमा थप सन्तुष्टि मिल्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

घरपरिवारमा सम्पर्क गरी खैखबर बटुल्न सकिने छ । आज अचानक आकस्मिक धनको प्राप्ति हुने समय छ । गुमेको धन वा लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । कारोबारमा खटेअनुसार फल प्राप्त हुनाले आत्मविश्वास बढ्ने समय हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

वौद्धिक क्षेत्र, प्रकाशन वा एजेन्सीसम्बद्ध काम गर्नेले शुभ परिणाम प्राप्त गर्ने दिन हो । अभिव्यक्तिगत कलात्मकता एवं आन्तरिक प्रतिभा प्रस्फुटन हुने राम्रो समय छ । धनधान्य बृद्धि गर्न असाध्यै अनुकूल दिन छ । अचानक कुनै यात्राको योजना बन्नसक्छ, त्यसबाट पनि लाभ उठाउन सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

स्थान परिवर्तन गर्ने वा काम बदल्ने धारणा छ भने प्रयास गर्ने समय हो । जानकार वा अनुभवीको सल्लाह लिएमा फाइदा हुनेछ । आत्मोन्नति र व्यक्तित्व विकासका लागि प्रयास गर्ने समय हो ।

प्रतिक्रिया दिनुहोस्