Logo

पिकअपको ठक्करबाट निरौलाको मृत्यु



झापा, १९ चैत । झापाको अर्जुनधारा-६ स्थित पुष्पलाल चोकमा पिकअपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

आज बिहान ५:१५ बजे भएको दुर्घटनामा परी अर्जुनधारा-६ का ५३ बर्षीय कृष्णप्रसाद निरौलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा बिर्तामोड-५ का ४५ बर्षीय अर्जुन उप्रेती घाइते भएका छन् ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१-०१-००१-च ९१०७ नम्बरको पिकअपले ठक्कर दिँदा निरौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उप्रेतीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइहेको बताइएको छ । चालक फरार रहेको र पिकअप इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्