Logo

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड



कैलाली, १९ चैत । कैलालीको गोदावरी नगरपालिका, अत्तरियामा रहेको पद्मा अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।

अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए ।

सो अस्पतालमा गएराति उपचारार्थ भर्ना भएका गोदावरी नगरपालिका-३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान ज्यान गएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्