Logo

देउवा र माेदीले संयुक्त रुपमा गरे जनकपुर-जयनगर रेलकाे उद्घाटन



नयाँ दिल्ली, १९ चैत । जनकपुर-जयनगर रेलको उद्घाटन भएको छ ।

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा रेल सेवाको उद्घाटन गरेका हुन् ।

आज उद्घाटन भएसँगै अब भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्