Logo

चाँडै प्रदेश खेलकुद विकास बोर्ड गठन हुन्छ: राई



सुनसरी, १९ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले चाँडै प्रदेश खेलकुद विकास बोर्ड बनाएर खेलकुदका गतिविधि सञ्चालन गर्ने बताएका छन् ।

धरानमा आज आयोजित स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको समापनमा मुख्यमन्त्री राईले खेलकुद विकासमा प्रदेश सरकार गम्भीर भएको बताए ।

रेवाहाङ राईको सम्झनामा उनका बाबु रेवतीरमण राई र माता सुजता राईले कोष निर्माण गरिदिएर बास्केटबल खेलका लागि योगदान दिएकामा धन्यवाद दिए । अफिसियल खेलका रूपमा विकास भएको बास्केटबल अब प्रदेशमा गति लिने उनको भनाइ थियो ।

स्व रेवाहाङ राई स्मृति अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आगामी वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि उनले आयोजकलाई आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्