Logo

शेयर बजार घटेर राताम्मे



काठमाडौँ, २० चैत । हप्ताको पहिलो दिन आज शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै युनाइटेड मर्दी जलविद्युत् र सूर्य लाइफ इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्