Logo

६ वटा कम्पनी कालाेसूचीमा



फाइल तस्बिर

काठमाडौँ, २१ चैत । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

ती कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । एउटा भारतीय कम्पनी टीबीईएलाई तीन वर्ष कालोसूचीमा राखिएको छ भने पाँच वटा नेपाली कम्पनीलाई एक-एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नेपाली कम्पनीहरुमा चिराग कन्स्ट्रक्म्सन गोरखा, कर्णाली बिल्डर्स धनुषा, फैजल एण्ड अफजल कन्स्ट्रक्सन रौतहट, कुरालदेव निर्माण सेवा रसुवा र तितुङ कन्स्ट्रक्सन काठमाडौँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्