Logo

शेयर बजार आज पनि घट्यो



झापा, २१ चैत । शेयर बजार आज पनि घटेको छ ।

आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै दुई सय २६ वटा कम्पनीका ३४ लाख २९ हजार कित्ता शेयर एक अर्ब ५८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै इमर्जिङ नेपालको ६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्